मैले मेरो बुवाका कारण अहिलेसम्म विहे गर्न सकिन्, ४६ वर्षपछि एकता कपूरले गरिन् गम्भीर खुलासा

मैले मेरो बुवाका कारण अहिलेसम्म विहे गर्न सकिन्, ४६ वर्षपछि एकता कपूरले गरिन् गम्भीर खुलासा

सञ्चार बाणी

@SancharBani

२०७८ असोज १० गते आईतबार १२:४७

काठमाडौं । बलिउडमा ‘टिभी क्वीन’ अर्थात टेलिभिजनकी राजकुमारी भनेर परिचित एकता कपूर आज आफ्नो ४६औं जन्मदिन मनाउँदैछिन् । अभिनेता जीतेन्द्र र शोभा कपूरकी छोरी एकताले धारावाहिकबाट बलिउडमा धेरै नाम कमाउन सफल भएकी छिन् । एकता एक सफल...

काठमाडौं । बलिउडमा ‘टिभी क्वीन’ अर्थात टेलिभिजनकी राजकुमारी भनेर परिचित एकता कपूर आज आफ्नो ४६औं जन्मदिन मनाउँदैछिन् । अभिनेता जीतेन्द्र र शोभा कपूरकी छोरी एकताले धारावाहिकबाट बलिउडमा धेरै नाम कमाउन सफल भएकी छिन् । एकता एक सफल निर्देशक, लेखक र निर्माता हुन् ।

एकता उनकी आमा शोभा कपूरकी प्यारी छोरी हुन् । एकता र शोभा कपूर बालाजी टेलिफिल्म्समा साझेदार छन् । त्यतिखेर, बुबाबाट आर्थिक सहयोग पाएपछि एकताले टिभी धारावाहिक निर्माण गर्न थालिन् । एकताले १९ वर्षको उमेरमा आफ्नो क्यारियर शुरू गरेकी थिइन् ।

आज, जन्मदिनको अवसरमा हामी तपाईंलाई एकता कपूरसँग सम्बन्धित केही रोचक कुरा बताउछौं । एकता कपूरलाई धेरै कलाकारहरू भगवानको रुपमा लिन्छन् । उनले भर्खर बलिउडमा प्रवेश गर्न खोजेकाहरुलाई आफ्नो धारावाहिकमा लिएर चर्चित बनाउने गर्छिन् ।

एकताले विद्या बालनदेखि स्व. सुशांत सिंह राजपूतलाई आफ्नो धारावाहिकमा अवसर दिएकी थिइन् । आज उनका धारावाहिकमा काम गरेका धेरै अभिनेता–अभिनेत्रीहरू बलिउडमा नाम कमाउँदैछन् । आजका दिनमा टिभीका सबैभन्दा महँगा कलाकार राम कपूर पनि एकता कपूरको धारावाहिकमा सहभागी भएर वास्तविक पहिचान बनाउन सफल भएका हुन् ।

एकताले आमा शोभा कपूरसँगै सबै व्यवसाय सम्हाल्छिन् । एकताले अहिलेसम्म करीव ४० धारावाहिक बनाइसकेका छन । तपाईंलाई जानकारी नहुन सक्छ कि एकताले बलिउडमा ‘क्योंकि मैं झूठ नहीं बोलता’ बाट डेब्यु गरेकी थिइन् ।

त्यसपछि उनी आफैंले धेरै फिल्महरू निर्देशन गरिन् । एकताका राम्रा फिल्महरूमा ‘सुटआउट एट लोखन्डवाला’, ‘वन्स अपन ए टाईम इन मुम्बई’, ‘द डर्टी पिक्चर’, ‘रागिनी एमएमएस’, ‘शोर इन द सिटी’, ‘क्या कूल हैं हम’ रहेका छन् । एकता कपूरले उनको भाई अभिनेता तुषारलाई लिएर पनि धेरै फिल्म बनाइसकेकी छिन् । तर तुषार भन्दा बढी एकताले बलिउडमा नाम कमाएकी छन ।

एकता कपूरको प्रायः चलचित्र वा धारावाहिक बोल्ड दृश्यले भरिएका हुन्छन् । तर मानिसहरूले उनका शोहरू मन पराउँछन् । उनको धारावाहिकका माध्यमबाट धेरै कलाकारहरूले करोडौं दर्शकहरुको घर–घरमा परिचय बनाउन सफल भएका छन् । एकतालाई एशिया वीक पत्रिकाले ‘एशियाको सब भन्दा शक्तिशाली कम्युनिकेटर’ मध्ये एकको रूपमा चयन गरेको थियो ।

एकता कपूरलाई उनको सफलताको लागि भारतीय टेलिभिजन एकेडेमी पुरस्कार, भारतीय टेली पुरस्कार, कलाकार पुरस्कार, एशियाली टेलिभिजन पुरस्कारबाट सम्मानित गरिएको छ । व्यवसायीक जीवनमा थुप्रै धमाका मच्चाएकी उनी, अझै कुमारी छिन् । एकताले यसबारे कुरा गर्दा एक पटक आफ्ना बुवाले गर्दा आफुले विहे गर्न नसकेको भनेकी थिइन् ।

एकताले आफ्ना बुबाको एक सर्तका कारण अहिलेसम्म बिहे नगरेको बताइन् । नत्र उनी २२ वर्षको उमेरमा घरबार बसाउन चाहन्थिन् । बिहेको प्रश्नमा एकता कपूरले भनेकी थिइन्, ‘जब म १७ वर्षकी थिएँ, तब मेरो बुबाले भन्नुभएको थियो कि विवाह गर वा पार्टी (मोज, मस्ति) गर्नुको सट्टा काम गर, जस्तो कि म चाहन्छु ।

बुवाले मलाई पकेटखर्च पैसा बाहेक अरू केही नदिने भन्नुभयो । त्यसपछि पैसा कमाउनको लागि, मैले एउटा विज्ञापन एजेन्सीमा काम गर्न शुरू गरें ।’ एकता कपूर अझै भन्छिन्, ‘म त्यहाँको अवस्था हेर्दा राम्रो महसुस गरिरहेको थिएँ र सोचें कि मेरो जीवन ठीक छ । म २२ वर्षको उमेरमा विवाह गर्नेछु र जीवनको आनन्द लिन्छु ।

तर दुर्भाग्यवश वा भाग्यले हामी जे सोच्छौं, त्यो कहिले हुँदैन । मैले हम पञ्च भन्ने कार्यक्रमको लागि पाइलट शूट गर्ने निर्णय गरें र यसलाई जी टिभीमा बेचें । तब म वर्षकी थिए जब यो अनइएर भयो । शो हिट भयो र मेरा सबै मार्गहरू परिवर्तन भए ।’ त्यसपछि उनलाई विवाह गर्न मन लागेन् ।

एकता कपूर २०१९ मा सरोगेसी (विवाहित दम्पतिबाहेक अर्को व्यक्तिमार्फत सन्तान प्राप्ति गर्ने, बच्चाको पितृत्व एवं मातृत्वको निर्धारण गर्ने र बच्चा एवं आमाबाबुको हक अधिकार र दायित्व निर्वाह गर्ने व्यवस्थालाई सरोगेसी सेवा भनिन्छ । यो कतिपय देशहरुमा अहिले पनि अवैधानिक मान्ने गरिएको छ । )को माध्यमबाट आमा बनेकी छिन् । एकता कपूरले आफ्नो छोराको नाम रवि कपुर राखेकी छिन् ।

एकता कपूर ज्योतिषशास्त्र र अंकशास्त्रमा धेरै विश्वास गर्छिन् । केही ज्योतिषीले उनलाई कालो लुगा लगाउन सल्लाह दिएका थिए, त्यसबेलादेखि उनी सँधै कालो कपडा लगाउँदै आएकी छिन् । ज्योतिषीय सुझावका कारण एकताका अधिकांश चलचित्र र धारावाहिकहरू ‘क’ अक्षरबाट शुरु हुन्छन् ।

प्रकाशित मिति २०७८ असोज १० गते आईतबार १२:४७
प्रतिक्रिया दिनुहोस