काठमाडौं । बलिउडको बोल्ड अभिनेत्री मलाइका अरोड़ा आफ्नो पति अरबाज खानसँग सम्बन्ध विच्छेद पछि आफु भन्दा कान्छा अर्जुन कपूरलाई डेट गर्दैछिन् । मलाइका र अर्जुनले सार्वजनिक रूपमा प्रेम स्वीकारेका छन् । प्रेमी अर्जुन उनीभन्दा ११ बर्ष कान्छा छन् ।
यसका साथै, अभिनेत्री मलाइकाले आफ्ना प्रेमी अर्जुनसँग रोमान्टिक र बोल्ड तस्विरहरू सामाजिक सञ्जालमा पोष्ट गर्छिन् । यो बीचमा अभिनेत्रीले आफ्नो एक इच्छा व्यक्त गरेर सबैलाई चकित पारेकी छिन् ।
अभिनेत्री मलाइका टिभी कार्यक्रम ‘सुपर डान्सर सिजन–४’ मा निर्णायकका रुपमा रहेकी छिन् । अभिनेत्रीले यस प्लेटफर्ममार्फत आफ्नो पुरानो चाहनाको खुलासा गरेकी हुन् । मलाइकाले टिभी कार्यक्रममा आफ्नो इच्छा व्यक्त गर्दै आफु एक छोरीकी आमा बन्न चाहेको कुरा इच्छा व्यक्त गरेकी हुन् ।
उनले भनिन्, ‘म एक छोरीको आमा बन्न चाहान्छु । म उसँग श्रृंगार, जुत्ता र लुगाहरूसहित सबै कुरा साझा गर्न चाहन्छु । यदि म छोरा जन्माउन सक्दिन भने, म एउटा सानो छोरीलाई धर्मपुत्री बनाउन चाहन्छु ।
यो मेरो धेरै पुरानो इच्छा हो र म आशा गर्छु कि यो जति सक्दो चाँडो साकार हुनेछ ।’ मलाइका अरोड़ाको इच्छा सुनेपछि शोको दोस्रो निर्णायक गीता कपूर एकदम उत्साहित भइन् ।
यस समयमा गीताले बोलेकी थिइन्, ‘मलाइकाको सपना जति सक्दो चाँडो पूरा गरिनुपर्दछ र उनी एक छोरीकी आमा बन्नुहुन्छ ।’ गीताको उक्त कामना सुनेर मलाइका खु:शी हुँदै तिम्रो मुखमा घिउ चिनी भन्छिन् ।
हामी तपाईंलाई बताउन चाहान्छौ कि मलाइका अरोडा ४५ बर्षको उमेरमा पनि जवान देखिने गरेकी छिन् । उनी अभिनेता अर्जुन कपूरलाई डेट गर्दैछिन् ।
प्रकाशित मिति २०७८ असोज ८ गते शुक्रबार १२:१२