एजेन्सी / बलिउडका दंवग सलमान खान र रनवीर कपुरको सम्बन्धबारे धेरैलाई थाहा छ । उनीहरुको सम्बन्ध बिग्रिनुको मुख्य कारण सबैले कटरीना र रनवीरको सम्बन्धलाई लिने गरिन्छ ।
सलमान खान र रनवीर कपुर एकअर्कालाई फुटेको आँखाले पनि हेर्न रुचाउँदैनन् । रनवीर कपुर अभिनय क्षेत्रमा आउनुभन्दा पहिला नै सलमान खानसँग लडाइ भएको थियो ।
सलमान खान आफ्ना साथीहरुसँग मुम्बइ पबमा रमाइ रहेका थिए भने अर्को तर्फ रनवीर कपुर पनि रमाइ रहेका थिए । यस्तैमा उनी हरु बीच वाकयुद्ध नै चल्यो । सलमान खानले आफु रिस नियन्त्रण गर्न सकेनन् र रनवीर लाई झापड हाने ।
रनवीर तत्काल उक्त ठाउँ छाड्दै घरतिर लागे । तर, रनवीरका पिता ऋषि कपुर भने चुप लागेनन् । उनले सलमान खानलाई यसको कडा जबाफ दिने धम्की दिइनै रहे ।
सलमान खानका पिता सलिम खानलाई उक्त घटनाले अत्यन्त लाजमर्दो स्थिति बनायो । उनले ऋषि कपुरसँग माफी माग्न आफु तयार रहेको बताएका थिए ।
सलिम सलमान खानलाई लिएर ऋषि कपुरको घरमा माफी माग्न पुगेका थिए । तर, ऋषि कपुरले पनि आफ्नो रिस उनीहरुलाई घण्टौ सम्म कुराएर मागे । अत्यन्त बिन्ति भाउ गरेपछि ऋषि कपुरले सलमान खानलाई माफी दिएका थिए ।
सलमान खान र रनवीर कपुरको फिल्म सावरिया रिलिज भयो । यो फिल्म निर्माण गर्दा सलमान खान र रनवीर कपुरको एकपटक पनि भेट भएन । फिल्म पनि सुपर फ्लप भएको थियो । पछि रनवीरसँग कटरिना कैफको अफयेर चलेपछि उनीहरुको बीचको दुश्मनी झन् बढेको थियो ।
प्रकाशित मिति २०७८ असोज ७ गते बिहिबार ११:२२