यी अभिनेत्री जसले गरेकी थिइन् सलमानका २ फिल्म ठाडै अस्वीकार, यस्तो छ कारण !

यी अभिनेत्री जसले गरेकी थिइन् सलमानका २ फिल्म ठाडै अस्वीकार, यस्तो छ कारण !

सञ्चार बाणी

@SancharBani

२०७८ असोज ३ गते आईतबार ०८:२३

मुम्बइ। बलिउड अभिनेता सलमान खानसँग सिनेमा खेल्ने अवसरलाई कुन अभिनेत्रीले सहजै हुन्न भन्लिन र? कारण बलिउडका तीन शक्तिशाली खानहरूमध्ये सलमान खान एक हुन्। कयौं अभिनेत्रीको करियर सलमानसँग सिनेमा खेलेपछि चम्किएको छ । सलमानले आफ्ना...

मुम्बइ। बलिउड अभिनेता सलमान खानसँग सिनेमा खेल्ने अवसरलाई कुन अभिनेत्रीले सहजै हुन्न भन्लिन र? कारण बलिउडका तीन शक्तिशाली खानहरूमध्ये सलमान खान एक हुन्। कयौं अभिनेत्रीको करियर सलमानसँग सिनेमा खेलेपछि चम्किएको छ । सलमानले आफ्ना सिनेमामा नयाँ-पुराना सबै अभिनेत्रीलाई मौका दिने गर्छन्। भनिन्छ बलिउडमा सलमानको प्रस्तावलाई कसैले नकार्दैन।

तर यस्तोमा एक अभिनेत्रीले सलमानसँग सिनेमा खेल्ने एउटा होइन दुई वटा प्रस्ताव अस्वीकार गरेको खुलासा गरेकी छिन्। यस्तो गर्ने अभिनेत्रीको नाम हो-इलियाना डि क्रुज । दक्षिण भारतीय सिनेमामा सफल र लोकप्रिय इलियानाले बलिउडमा हालसम्म रणवीर कपुर, अजय देवगन, अक्षय कुमार जस्ता स्टारसँग काम गरेकी छन्।

एक अन्तरवार्तामा उनले फ्यानहरूले ट्विटरमा सोधेको प्रश्नको जवाफ दिने क्रममा सलमानसँग सिनेमा खेल्न आएको प्रस्ताव दुई-दुई पटक लत्याएको बताएकी हुन्। इलियानालाई सलमानको ‘वान्डेड’ र ‘किक’का लागि प्रस्ताव गरिएको थियो। प्रस्ताव आएपनि उनले ती सिनेमा गरिनन्। उनले ती सिनेमा किन गरिनन् त?

‘वान्टेड’ प्रस्ताव गरिदां इलियानाको परिक्षा चलिरहेको थियो भने ‘किक’को बेलामा उनले सिनेमाले मागेको समय अरू नै सिनेमाको लागि दिइसकेकी थिइन्। इलियानाले छाडेका यी सिनेमामा क्रमशः आयशा टाकिया र ज्याकलिन फर्नान्डिजले काम गरे।

प्रकाशित मिति २०७८ असोज ३ गते आईतबार ०८:२३
प्रतिक्रिया दिनुहोस