मुम्बई / बलिउड अभिनेता अनिल कपूर ६४ वर्षको उमेरमा पनि फिट देखिन्छन् ।अनिल कपूर लाई हेर्दा उनी ६४ वर्ष पुगिसकेका छन् भनेर पत्याउन गाह्रो पर्छ ।
भर्खरै अनिल कपूर अरबाज खानको टक शो पिन्चमा पुगेका छन् , जहाभ उनले धेरै रोमान्चक कुरा हरु गरेका छन् ।त्यस्तै कार्यक्रममा प्रंशसकले सोधेको प्रश्नले अनिल कपूर आश्चर्यमा पनि परेका छन् ।
धेरै प्रशंसकले अनिल कपूर जवान देखिनका लागि प्लास्टिक सर्जरी गराउने आशंका गरेका छन् भने एक जनाले त अनिल सधैं फिट देखिनुको कारण सर्पको रगत पिउने गरेको समेत दावी गरेका छन् ।
त्यस्तै कसैले अनिल जन्मँदै जवान जन्मेको पनि भनेका छन् ।प्रशंसकको यस्तो प्रतिक्रियाको जवाफ अनिल कपूरले पनि रमाइलो तरिकाले दिएका छन् ।
अनिलले आफुलाई सोधिएका प्रश्न वास्तवमै प्रशंसकहरुले सोधेको हो कि तपाईंहरुले सोध्न लगाएको हो भने अरबाजसंग सोधेका छन् ।जसको जवाफमा अरबाजले सबै प्रश्नहरु प्रशंसक हरुको नै हो भन्ने बताए ।
त्यसपछि अनिल भन्छन् -‘मैले जिन्दगी बाट धेरै कुरा पाएको छु, म कस्तो देखिन्छु भन्ने कुरा यसबाट थाहा हुन्छ ।’हरेकले आफ्नो जिन्दगीमा धेरै उतारचढाव देखेका हुन्छन्, तर यसमा म भाग्यमानी छु ।
२४ घण्टामा आफ्ना लागि एक घण्टा पनि निकाल्न सक्नु हुन्न र आफ्नो ध्यान दिन सक्नु हुन्न भने जीवनको के महत्व रहन्छ र ?’ उनले भनेका छन् ।
प्रकाशित मिति २०७८ असोज २ गते शनिवार ०९:३०