बलिउडका कुशल निर्देशक करण जौहर र अभिनेत्री ट्विकंल खन्ना बाल्यकाल मिल्ने साथी हुन् ।
विद्यालयमा पढ्दादेखि नै करणले ट्विकंललाई मन पराउँथे । उनले एक अन्तरवार्तामा खन्नासँग विद्यालय पढ्दा नै प्रेम रहेको खुलासा गरेका हुन् । उनले आफू विवाहित भएको भए ट्विकंलसँग नै विवाह गर्ने पनि बताएका थिए ।

यता, खन्नाले पनि करणको बालापनको बारेमा कुराकानी गरेको थिइन् । उनले करण स्कुल पढ्दा बारम्बार स्कुलबाट भाग्ने कोसिस गर्ने र एकपटक समातिएको किस्सा पनि सुनाएकी थिइन् । करणले ‘कुछ कुछ होता है’ बाट निर्देशनको काम सुरु गरेका हुन् । उनले डेब्यु गरेको फिल्ममा खन्नालाई खेलाउन चाहान्थे तर उनले अस्वीकार गरेकी थिइन् ।
प्रकाशित मिति २०७८ भदौ ३१ गते बिहिबार ०३:४७