शिल्पाको घटना सेलाउन नपाउँदा ज्याकलिन पनि समस्यामा, किन लिइयो ५ घण्टा बयान ?

no-image

सञ्चार बाणी

@SancharBani

२०७८ भदौ १५ गते मङ्गलबार ०४:३५

एजेन्सी । बलिउड कलाकार कुनै न कुनै कारणले समस्यामा पर्न थालेका छन् । सुशान्त सिंह राजपुतको निधन पछि धेरै कलाकार ड्र ग्स का कारण समस्यामा छन् । सुशान्तको निधन पछि यो विषय उठेको छ । दर्जनौ कलाकारसंग प्रहरीले वयान लिएको छ । बलिउड नायीका...

एजेन्सी । बलिउड कलाकार कुनै न कुनै कारणले समस्यामा पर्न थालेका छन् । सुशान्त सिंह राजपुतको निधन पछि धेरै कलाकार ड्र ग्स का कारण समस्यामा छन् ।

सुशान्तको निधन पछि यो विषय उठेको छ । दर्जनौ कलाकारसंग प्रहरीले वयान लिएको छ । बलिउड नायीका शिल्पा सेट्टीको समस्या सेलाउन पाएको छैन । फेरी अर्की नायीका ज्याकलिन फर्नाडीज समस्यामा परेकी छन् ।

श्रीमान राज कुन्द्राका कारण शिल्पा समस्यामा परेकी हुन् भने ज्याकलिन भने आफ्नै कारणले समस्यामा परेकी छन् । भर्खरै खबर आइरहेको छ कि प्रवर्तन निदेशालय (ईडी) ले मनी लान्ड्रिंग को विषयमा मा अभिनेत्री ज्याकलिन फर्नांडीज लाई सोधपुछ गरिरहेको छ।

ज्याकलिनलाई पछिल्लो पाँच घण्टा दिल्लीमा सोधपुछ भइरहेको छ। बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज प्रायः कुनै न कुनै कुराको चर्चामा रहन्छिन्।

प्रकाशित मिति २०७८ भदौ १५ गते मङ्गलबार ०४:३५
प्रतिक्रिया दिनुहोस