ज्योती मगर । नेपाली लोकदोहोरी गीतमा उ'त्तेजक प्रस्तुतिका कारण वि'वाद र चर्चामा रहने एक गायिका । ज्योती मगर भन्ने वित्तिकै छोटा पहिरन लगाएर दुई अर्थ दिने शब्द प्रयोग गरिएका गीत सार्वजनिक गर्ने गायिका भनेर धेरैले वुझ्थे र आज पनि वुझ्छन्...
ज्योती मगर । नेपाली लोकदोहोरी गीतमा उ’त्तेजक प्रस्तुतिका कारण वि’वाद र चर्चामा रहने एक गायिका । ज्योती मगर भन्ने वित्तिकै छोटा पहिरन लगाएर दुई अर्थ दिने शब्द प्रयोग गरिएका गीत सार्वजनिक गर्ने गायिका भनेर धेरैले वुझ्थे र आज पनि वुझ्छन् । स्टेज कार्यक्रममा त झन्, ज्योतीको गायकीको भन्दा उनको हाउभाउ र पहिरनको चर्चा बढी हुने गर्दथ्यो । ज्योती पनि के कम, उ’त्ताउला पहिरन लगाएर दर्शकलाई मनोरञ्जन दिन खुबै माहिर ।
ज्योती मगरका गीतलाई लिएर दर्शकले समेत तिखो आ’लोचना गर्दथ्य । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानमा उनको गीतको बिषयमा थुप्रै पटक उ’जुरी समेत परेको थियो । तर, ज्योती मगर आफ्नो शैली र अडान छाड्ने मु’डमा थिइनन् । पछिल्लो केही समयदेखि नेपाली लोकदोहोरी गीतले शैली फेरेको छ । प्रकाश सपुतदेखि विष्णु माझीका गाउँघरका भाका टपक्क टिपेर बनाइएका गीतले श्रोता तथा दर्शकको मन जितेका छन् ।
समय अनुसार बदलिनुपर्छ भन्ने सोच सायद, ज्योतीमा पनि आएको हुनुपर्छ । उनले हालसालै सार्वजनिक गरेको ‘माईतीको मया बरीलै’ले यो कुराको आभाष दिएको छ । शनिबारमात्रै सार्वजनिक गीतमा ज्योती मगरको शब्द, संगीत, स्वर एवं अभिनय छ ।
यो गीत सुन्दा र भिडियो हेर्दा धेरैलाई लाग्न सक्छ, ज्योती मगरको शैली ३६० डिग्रीमा फनक्कै घुमेको छ । भिडियोमा पनि धेरैले ज्योती फेरिएको प्रतिक्रिया दिएका छन् । गायिका ज्योती मगरले आफू नफेरिएको बताउँदै जे सिर्जना भयो सोही बजारमा ल्याएको प्रतिक्रिया दिइन् । उनले अनलाइनखबरसँग भनिन्–‘म फेरिएकी होइनँ । जतिबेला जे सिर्जना हुन्छ त्यही ल्याउने हो । कहिले डान्सिङ्ग खालका गीतहरु आउलान्, कहिले सेन्टिमेन्टल ।’
यसवर्ष पनि उनका ‘पोई छैन जोई छैन’, ‘मितिनी’, ‘पर्दैन हेर्नलाई ऐना’, ‘घाघरु घोडा घोडा’, ‘बनारसी साडी’ लगायतका तीज गीत सार्वजनिक भैसकेका छन् । त्यसमध्ये आफ्नै लगानीमा उनले फरक खालको ‘माइतीको मया बरिलै’ बोलको तीज गीत सार्वजनिक गरेकी हुन् । गीतमा तीजमा माईत जान नपाउँदाको चेलीको बे’दनालाई मा’र्मीक रुपमा प्रस्तुत गरिएको छ ।
गायिका ज्योतीले गाउँमा आमा, हजुरआमाहरुको मुखबाट सुन्ने गरेका कुराहरुलाई गीतमा उतारेको बताइन् । स्मृति तिमिल्सिना (गुरुआमा)को निर्देशनमा बनेको गीतको भिडियो पनि राम्रो बनेको छ । भिडियोमा ज्योतीका साथमा रितिका कुवँर लगायतका कलाकारको अभिनय छ ।
यो गीतको भिडियोले अपेक्षित भ्यूज नपाएपनि लोकदोहोरी क्षेत्रमा सर्जकहरु पनि यसलाई मौलिक गीत भन्छन् । गायक बद्री पंगेनीले ज्योतीको यो गीत आफूलाई यसवर्ष सबैभन्दा मन परेको गीत भएको बताएका छन् । उनले भिडियो फेसबुकमा शेयर गर्दै लेखेका छन्– ‘मान्छेको आ–आफ्नो बिचार, धारणा र बुझाई हुन्छ । मेरो नजरमा यो बर्ष मलाई सबैभन्दा मनपरेको तीज गीत माईतीको माया बरिलै हो । शब्द, संगीत, स्वर, अभिनय अनि भिडियो उत्कृष्ट लाग्यो । हामी संगीतमा यथार्थ खोज्छौं, त्यो यथार्थ यो गीतमा छ । बधाई छ बैनी ज्योती मगर, रितिका कुँवर अनि स्मृती तिमीलाई । बैनी ज्योती तपाइबाट नेपाली गीत संगीतले यस्तै सृजनाको अपेक्षा गरेको छ ।’
गायिका ज्योती धेरैबाट राम्रो प्रतिक्रिया पाउँदा खुसी लागेको बताउँछिन् । उनले यसअघि अरुका सेन्टिमेन्टल गीतहरु सुन्ने गरेकोमा अहिले यस गीत सुन्दा आफैलाई आनन्द लाग्न थालेको बताइन् ।
उसो त यस प्रकारको गीत ल्याउने तयारी गरिरहँदा ज्योतीलाई धेरैले यस्तो गीतको भ्यूज खासै नजाने बताएका थिए । तर, ज्योतीले भने यो गीत आफूले भ्यूजका लागि नगरेको बताइन् । अजय रेग्मीको छायाँकन रहेको भिडियोलाई पदम सुवेदीेले सम्पादन गरेका छन् ।
यो गण्डकी प्रदेश,कास्किको पोखराबाट ए.एस.श्री मिडिया प्रा.लि. द्वारा सञ्चालित sancharbani.com डिजिटल पत्रिका हो । सहज सूचना प्राप्त गर्ने हामी सबैको नैसर्गिक अधिकार भएकोले यसलाई परिपुर्ति गर्न सत्य,तथ्य र निष्पक्षमा आधारित समाचार प्रेषित गर्ने मुलनाराका साथ तपाईहरुसंग नजिक हुन खोजिरहेका छौं । सबै बिषय/क्षेत्रलाई उत्तिकै सम्मान र महत्व दिदै खबरहरु सम्प्रेषण गरिरहेका छौ ।यसलाई अरु पूर्णता दिने जिम्मा हजुरलाई छोड्दै निरन्तर सुझाव, सल्लाहको अपेक्षा गरेका छौं । धन्यवाद !
हाम्रो टिम
अध्यक्ष/प्रकाशक
सुमन के.सी
सम्पादक
निर्जन मल्ल
न्यूज डेक्स
दर्शन पौडेल
संम्वाददाता
सुनिल के.सी
सुविन के.सी
सल्लाहकार
देशभक्त सिंह कुंवर
तिर्सनालक्ष्मी गुरुङ
सम्पर्क
न्यूरोड,९ पोखरा,कास्की
इमेल: sancharbani@gmail.com
मोवाईल : 9823187364
सूचना विभाग दर्ता नं : दर्ता प्रकियामा छ ।
विज्ञापनको लागि सम्पर्क: 9865088807