केटीको विश्वास

केटीको विश्वास

सञ्चार बाणी

@SancharBani

२०७८ असार १६ गते बुधबार ०४:०४

केटी पेरी विश्वको सफलतम पप आर्टिस्ट, गायिका, गीतकारमध्ये एक हुन्। दश करोडभन्दा बढी संख्यामा उनको एल्बम विश्वभर बिक्री भइसकेको छ। हाल उनी अमेरिकन आइडल २०२० को जजमध्ये एक हुन्। यो स्तरको सफलता प्राप्त गरिसकेको अवस्थामा पनि उनी...

केटी पेरी विश्वको सफलतम पप आर्टिस्ट, गायिका, गीतकारमध्ये एक हुन्। दश करोडभन्दा बढी संख्यामा उनको एल्बम विश्वभर बिक्री भइसकेको छ। हाल उनी अमेरिकन आइडल २०२० को जजमध्ये एक हुन्।

यो स्तरको सफलता प्राप्त गरिसकेको अवस्थामा पनि उनी हरेक दिन आलोचनात्मक प्रतिक्रिया, टिकाटिप्पणी र इन्टरनेट ट्रोलबाट टाढा हुन सकेकी छैनन्। यस्तोमा उनले आफूलाई कसरी व्यवस्थित गर्छिन् त ? यसको रहस्य उनले अमेरिकन आइडल २०२० को प्रिमियर इभेन्टमा खुलाएकी थिइन्। त्यस इभेन्टमा उनले आलोचना र ट्रोलबाट बच्न ध्यान, मनोवैज्ञानिक परामर्श र सेल्फ केयर (आत्मसुरक्षा) प्रति विश्वास व्यक्त गरेकी थिइन्।

वास्तविक व्यक्तित्व कायम राख्न सके आलोचनाले छुन नसक्ने बताएकी थिइन्। यही शिक्षा उनी अमेरिकन आइडलको जज र प्रशिक्षक भएको नाताले सम्पूर्ण प्रतिस्पर्धीमा संप्रेषण गर्न चाहेको इच्छा पनि व्यक्त गरेकी थिइन्। प्रायः यस्ता कार्यक्रममा जजहरु बढी टिकाटिप्पणी र आलोचनात्मक प्रतिक्रिया दिने गर्छन्। यस्ता जजहरुको भिडमा क्याटी फरक देखिइन्।

प्रकाशित मिति २०७८ असार १६ गते बुधबार ०४:०४
प्रतिक्रिया दिनुहोस