मात्र १ इन्चको स्क्रिन भएको विश्वको सबैभन्दा सानो आकारको ल्यापटप । सुन्दैमा अनौठो जरुर लाग्छ । तर एकजना व्यक्तिले यो विशेष खाले ल्यापटप तयार पारेका छन् ।
विश्वकै सानो ल्यापटप बनाउने व्यक्तिको नाम पल क्लिन्गर हो । उनले बनाएको उक्त...
मात्र १ इन्चको स्क्रिन भएको विश्वको सबैभन्दा सानो आकारको ल्यापटप । सुन्दैमा अनौठो जरुर लाग्छ । तर एकजना व्यक्तिले यो विशेष खाले ल्यापटप तयार पारेका छन् ।
विश्वकै सानो ल्यापटप बनाउने व्यक्तिको नाम पल क्लिन्गर हो । उनले बनाएको उक्त ल्यापटपको नाम ThinkTiny हो । यो ल्यापटप IBM को थिंकप्याडको सानो रुप हो । हाल लेनेभो कम्पनीले थिंकप्याड बनाउँदै आएको छ । क्लिंगरले यो मिनी ल्यापटपमा ०.९६ इन्चको डिस्प्ले राखेका छन् । साथै यो ल्यापटपमा थिंकप्याडमा जस्तै किप्याडको बीचमा रातो रङको ट्रयाकप्वाइन्ट स्टाइल कर्सर कन्ट्रोलर राखिएको छ ।
ओएलइडी डिस्प्ले
ThinkTiny ल्यापटप बनाउनका लागि क्लिन्गरले थ्री डी प्रिन्टेड खोल तयार गरेका छन् । यस मिनी ल्यापटपमा १२८ गुणा ६४ पिक्सेलको ओएलइडी डिस्प्ले राखिएको छ । साथै यो सानो ल्यापटपमा ATtiny 1614 को ८ बिटको चिप राखिएको छ । यसमा वर्ड, एक्सेल तथा पावरप्वाइन्ट जस्ता अफिस सफ्टवयेर पनि चलाउन सकिन्छ ।
३०० मिली एम्पिएर आवरको ब्याट्री
मिनी ल्यापटपमा ३०० मिली एम्पियर आवरको ब्याट्री रहेको छ । उक्त ब्याट्रीलाई रिचार्ज पनि गर्न सकिन्छ । यसमा TP5400 ब्याट्री चार्जर उपलब्ध छ ।
ल्यापटपमा अन्य कम्पोनेन्ट्स पनि उपलब्ध छन् । खास विशेषता त यो ल्यापटपमा गेम पनि खेल्न सकिन्छ । १ इन्चको सानो स्क्रिनवाला यो ल्यापटपमा स्नेक, लुनर ल्याण्डर तथा टेट्रिस लगायतका गेम खेल्न सकिन्छ ।
एक हप्तामै तयार
यो ल्यापटप यति सानो छ कि यो हत्केलामै हराउँछ । मिनी ल्यापटपको किप्याडमा रहेको रातो बटनलाई माउसको रुपमा प्रयोग गर्न सकिन्छ । यो ल्यापटप तयार गर्न क्लिन्गरलाई एक हप्ताको समय मात्र लागेको थियो । यसका पाटपुर्जामा उनले करीब ७० डलर खर्च गरेका थिए भने कस्टम प्रिन्टेड सर्किट बोर्डका लागि १५ डलर खर्चिएका थिए ।
छैन बिक्रिको योजना
दुनियाँकै सानो आकारको ल्यापटप तयार गरेता पनि यसका निर्माता पल क्लिन्गरले तत्कालै यो ल्यापटप बजारमा पठाउने सोच बनाएका छैनन् । तर यदि कोही मानिस यो ल्यापटपको पुनरुत्पादन गर्न चाहन्छ भने त्यसका लागि उनले पूरै कोड तथा डिजाइन आफ्नो GitHub पेजमा राखिदिएका छन् ।
स्मरणरहोस् यसअघि क्लिन्गरले एउटा सानो गेमिङ्ग डेस्कटप कम्प्युटर पनि तयार गरेका थिए ।
यो गण्डकी प्रदेश,कास्किको पोखराबाट ए.एस.श्री मिडिया प्रा.लि. द्वारा सञ्चालित sancharbani.com डिजिटल पत्रिका हो । सहज सूचना प्राप्त गर्ने हामी सबैको नैसर्गिक अधिकार भएकोले यसलाई परिपुर्ति गर्न सत्य,तथ्य र निष्पक्षमा आधारित समाचार प्रेषित गर्ने मुलनाराका साथ तपाईहरुसंग नजिक हुन खोजिरहेका छौं । सबै बिषय/क्षेत्रलाई उत्तिकै सम्मान र महत्व दिदै खबरहरु सम्प्रेषण गरिरहेका छौ ।यसलाई अरु पूर्णता दिने जिम्मा हजुरलाई छोड्दै निरन्तर सुझाव, सल्लाहको अपेक्षा गरेका छौं । धन्यवाद !
हाम्रो टिम
अध्यक्ष/प्रकाशक
सुमन के.सी
सम्पादक
निर्जन मल्ल
न्यूज डेक्स
दर्शन पौडेल
संम्वाददाता
सुनिल के.सी
सुविन के.सी
सल्लाहकार
देशभक्त सिंह कुंवर
तिर्सनालक्ष्मी गुरुङ
सम्पर्क
न्यूरोड,९ पोखरा,कास्की
इमेल: sancharbani@gmail.com
मोवाईल : 9823187364
सूचना विभाग दर्ता नं : दर्ता प्रकियामा छ ।
विज्ञापनको लागि सम्पर्क: 9865088807