टिकटकबाट कमाएको पैसाले गरिमाले खुवाइन् ४ सय जना गरिब दुखीलाई खाना (भिडीयाे सहीत )

टिकटकबाट कमाएको पैसाले गरिमाले खुवाइन् ४ सय जना गरिब दुखीलाई खाना (भिडीयाे सहीत )

सञ्चार बाणी

@SancharBani

२०७८ जेठ १८ गते मङ्गलबार ०३:२७

टिकटकबाट कमाएको पैसाले मोडल गरिमा शर्माले ४ सय जना गरिब दुखीलाई खाना खुवाएकी छिन् । कोरोना महामारीका बेला सबै जना समस्यामा छन् । समस्यामा परेकाहरूलाई सक्नेले सहयोग गरिरहेकै छन् । यस्तै, टिकटकबाट चर्चा कमाएर म्युजिक भिडियोमा जमिसकेकी...

टिकटकबाट कमाएको पैसाले मोडल गरिमा शर्माले ४ सय जना गरिब दुखीलाई खाना खुवाएकी छिन् । कोरोना महामारीका बेला सबै जना समस्यामा छन् । समस्यामा परेकाहरूलाई सक्नेले सहयोग गरिरहेकै छन् । यस्तै, टिकटकबाट चर्चा कमाएर म्युजिक भिडियोमा जमिसकेकी मोडल गरिमा शर्माले पनि दुखमा परेका लगभग ४ सय जनालाई खाना खुवाएर सहयोग गरेकी छिन् ।


साथै, हाम्रो टिम नेपाललाई अन्य सेवाको लागि पन्ध्र हजार नगद हस्तान्तरण पनि गरेकी छिन् । आइतबार हाम्रो टिम नेपालसँगको सहकार्यमा गरिमाले भोकाएकाहरुलाई खाना खुवाएकी हुन् ।

‘जनताको पैसा जनतालाई’ भन्ने नाराको साथ टिकटकबाट आएको पैसाले उनले सहयोग गरेकि हुन् । ‘लाइभ बस्दा फ्यानहरुले गिफ्ट पठाउनु हुन्छ । सोही गिफ्ट मैले दर्शकलाई सहयोग गरेकी हुँ ।’- गरिमाले बताईन् ।

लकडाउन अगाडि सम्म म्युजिक भिडियोमा दिनहुँ व्यस्त हुने गरिमाले आफूले सकेको सहयोग गरेको जानकारी दिइन् । पछिल्लो समय धेरै कलाकर्मीले दुखमा परेकालाई सहयोग गरिरहेका छन् । गरिमाले पनि समाजसेवीको लिस्टमा आफ्नो नाम लेखाएकी छन् । डिथ्री अनलाइन्

(भिडियो)

प्रकाशित मिति २०७८ जेठ १८ गते मङ्गलबार ०३:२७
प्रतिक्रिया दिनुहोस