साम्राज्ञी र पुष्प अभिनित फिल्म‘मारुनी’ युट्युवमा सार्वजनिक

साम्राज्ञी र पुष्प अभिनित फिल्म‘मारुनी’ युट्युवमा सार्वजनिक

सञ्चार बाणी

@SancharBani

२०७७ फाल्गुण २९ गते शनिवार ०४:५२

काठमाडौं-फिल्म ‘मारुनी’ युट्युव मार्फत सार्वजनिक भएको छ । महाशिवरात्रिको अवसर पारेर फिल्म युट्युब मार्फत सार्वजनिक गरिएको हो । फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह पुष्प खड्काको अभिनय रहेको छ । फिल्मले सार्वजनिक प्रदर्शनमा...

काठमाडौं-फिल्म ‘मारुनी’ युट्युव मार्फत सार्वजनिक भएको छ । महाशिवरात्रिको अवसर पारेर फिल्म युट्युब मार्फत सार्वजनिक गरिएको हो । फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह पुष्प खड्काको अभिनय रहेको छ ।

फिल्मले सार्वजनिक प्रदर्शनमा भने औसत व्यवसाय गर्न सफल भएको थियो । नवल नेपालको निर्देशन रहेको फिल्ममा त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको हो ।

फिल्ममा साम्राज्ञी र पुष्पका अलवा रेविका गुरुङ, आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेढाई, बिनोद भट्टराई र सुशील क्षेत्रीलगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्मको निर्माता पुनम गौतम रहेकी छन् । पुनम इन्टरटेनमेन्टको ब्यानरमा निर्मित फिल्ममा दीपक बज्राचार्य, अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत, संजय लामाको छायाँकन, गोविन्द फुयाल र नवल नेपालको लेखन र मित्र डि गुरुङको सम्पादन रहेको छ ।

भिडीयो:

प्रकाशित मिति २०७७ फाल्गुण २९ गते शनिवार ०४:५२
प्रतिक्रिया दिनुहोस