छोराको हत्या अभियोगमा बुबा पक्राउ

छोराको हत्या अभियोगमा बुबा पक्राउ

सञ्चार बाणी

@SancharBani

२०८० पुस २४ गते मङ्गलबार ०७:०१

इलाम । आफ्नै छोरा १९ वर्षीय जीवन राईको हत्या गरेको अभियोगमा बुबा पक्राउ परेका छन् । पक्राउ पर्नेमा माई नगरपालिका-६ बिहिबारे बस्ने ३६ वर्षीय दिल कुमार राई रहेका छन् । उनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । घरायसी विवादको...

इलाम । आफ्नै छोरा १९ वर्षीय जीवन राईको हत्या गरेको अभियोगमा बुबा पक्राउ परेका छन् । पक्राउ पर्नेमा माई नगरपालिका-६ बिहिबारे बस्ने ३६ वर्षीय दिल कुमार राई रहेका छन् । उनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

घरायसी विवादको क्रममा दिल कुमारले खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका जीवनको बिएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी महमाईबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति २०८० पुस २४ गते मङ्गलबार ०७:०१
प्रतिक्रिया दिनुहोस