आज शनिबार शास्त्रअनुसार केही काम गर्न निषेध पनि गरिएको छ

आज शनिबार शास्त्रअनुसार केही काम गर्न निषेध पनि गरिएको छ

सञ्चार बाणी

@SancharBani

२०८० पुस २१ गते शनिवार ०२:२८

हिन्दु धर्मअनुसार शनिबारलाई विशेष गरी भगवान् शनिको दिन मानिन्छ । आजको दिन शास्त्रअनुसार केही काम गर्न निषेध पनि गरिएको छ । हुन त पछिल्लो समय यस्ता कुरालाई ध्यान दिइँदैन तर परम्परागत रूपमा आएको चलनअनुसार शनिबार जुत्ताचप्पल किन्न...

हिन्दु धर्मअनुसार शनिबारलाई विशेष गरी भगवान् शनिको दिन मानिन्छ । आजको दिन शास्त्रअनुसार केही काम गर्न निषेध पनि गरिएको छ ।

हुन त पछिल्लो समय यस्ता कुरालाई ध्यान दिइँदैन तर परम्परागत रूपमा आएको चलनअनुसार शनिबार जुत्ताचप्पल किन्न हुँदैन । शनिबार जुत्ताचप्पल किन्दा शनिदेव रिसाउने र असफलता मिल्ने विश्वास गरिन्छ ।

कुनै व्यक्तिको कुण्डलीमा शनि दोष छ भने त्यस्ता व्यक्तिले शनिवारको दिन मुसुरोको दाल, आँपको अचार, रातो खुर्सानी र रक्सी खानु हुँदैन भनिएको छ ।

शास्त्रअनुसार यस्तो कुरा खाएमा शनिदेव रिसाउँछन् र शुभ फल प्राप्त हुँदैन भन्ने विश्वास गरिन्छ ।

फलामलाई शनिको धातु मानिन्छ । त्यसैले शनिबार घरमा फलाम ल्याउन नहुने धार्मिक विश्वास छ । तर यस दिन फलामबाट बनेका सामानहरू दान गर्नु अत्यन्त शुभ मानिन्छ ।

प्रकाशित मिति २०८० पुस २१ गते शनिवार ०२:२८
प्रतिक्रिया दिनुहोस
  • आज २०८२ साल जेठ १० गते शनिबारको राशिफल

    आज २०८२ साल जेठ १० गते शनिबारको राशिफल
    २०८२ जेठ ११ गते शनिवार १२:३९

    आज २०८२ साल वैशाख २५ गते बिहीबारको राशिफल

    आज २०८२ साल वैशाख २५ गते बिहीबारको राशिफल
    २०८२ बैशाख २५ गते बिहिबार ०१:०७

    आज २०८२ साल वैशाख १८ गते बिहीबारको राशिफल

    आज २०८२ साल वैशाख १८ गते बिहीबारको राशिफल
    २०८२ बैशाख १८ गते बिहिबार ०१:५४

    आज २०८२ साल वैशाख १४ गते आइतबारको राशिफल

    आज २०८२ साल वैशाख १४ गते आइतबारको राशिफल
    २०८२ बैशाख १४ गते आईतबार १२:३७