सुन्दरी शिल्पा मास्के जाे हलिउडदेखि कलिउडसम्म यात्रा गरेकी छिन (१२ तस्विर सहीत)

सुन्दरी शिल्पा मास्के जाे हलिउडदेखि कलिउडसम्म यात्रा गरेकी छिन (१२ तस्विर सहीत)

सञ्चार बाणी

@SancharBani

२०७८ असोज २८ गते बिहिबार ०३:४२

काठमाडौँ– हलिउड र बलिउडको सपना अधिकांश कलाकारले देख्ने गरेका छन् । अभिनेत्री शिल्पा मास्के एक त्यस्ती अभिनेत्री हुन् जसले हलिउडपछि नेपाली फिल्म रोजेकी छन् । हलिउडको सुपरहिट फिल्म ‘डक्टर स्ट्रेन्ज’ अभिनय गरेकी शिल्पा ‘दि ब्रेक...

काठमाडौँ– हलिउड र बलिउडको सपना अधिकांश कलाकारले देख्ने गरेका छन् । अभिनेत्री शिल्पा मास्के एक त्यस्ती अभिनेत्री हुन् जसले हलिउडपछि नेपाली फिल्म रोजेकी छन् ।

हलिउडको सुपरहिट फिल्म ‘डक्टर स्ट्रेन्ज’ अभिनय गरेकी शिल्पा ‘दि ब्रेक अप’ नामक फिल्ममार्फत नेपाली फिल्म अभिनयमा डेब्यु गरेकी हुन् । त्यसपछि उनले ‘कागजपत्र’ नामक चलचित्र गरिन् । तर यी दुवै फिल्मले उनलाई खासै सफलता दिलाउन सकेन ।

शिल्पा अहिले फेरि चर्चामा पनि छिन् । आगामी २७ गते प्रदर्शनमा आउने फिल्म ‘सानो मन’को कारण चर्चामा छाएकी हुन् । फिल्ममा उनको जोडी आयुष्मान देशराज जोशी बनेका छन् । तर जोशीले फिल्म प्रचार प्रसारमा त्यति साथ नदिँदा शिल्पा मात्र सबै मिडियामा पुगिरहेकी छन् । ‘सबैतिर प्रचारका लागि कुद्नु पर्दा दुःख त हुन्छ नै’ शिल्पाले भनिन्, ‘चारैतिर मिडियामा छाउँदा दुःख त्यसै भुलिँदो रहेछ ।’

‘सानो मन’ सुयोग गुरुङको निर्देशन रहेको फिल्म होे । यस फिल्मबाट शिल्पा निकै आशावादी पनि छिन् । रोमान्टिक प्रेमकथामा बनेको यो फिल्ममा आयुष्मान आफ्नो फिल्मी रोमान्स राम्रो भएको उनी बताउँछिन् ।

काठमाडौँ नेवार समुदायमा हुर्के पनि उच्च शिक्षा अध्ययनका लागि सन् २००९ मा लन्डन पुगेकी उनी एक समय बिजिनेस म्यानेज्मेन्टमा अध्ययन गर्दागर्दै बिदाको समयमा नेपाल आएकी थिइन् । सोही समय उनले हलिउड फिल्म अभिनय अवसर पाएकी हुन् ।

हलिउड र नेपाली दुवै फिल्म अभिनयको उनीसँग बेग्लाबेग्लै अनुभव रहेको छ । नेपाली फिल्म युनिटभन्दा हलिउड युनिट कामप्रति निकै सजक, अनुसाशित र डेलिकेटेट रहेको उनले बताइन् । शिल्पा अब अभिनयको साथसाथै अध्ययन पनि अगाडि बढाउने सोचमा छिन् । अध्यायनको समय मिलाएर लगातार फिल्म अभिनय गर्ने उनको चाहना रहेको छ ।

याे पनी
मान्छेकाे वर्ण फरक फरक यसकारण हुन्छ ।

सबै मानिसको रंग एकै प्रकारको हुदैँन । एउटै परिवारका, एकै आमाबुवाका सन्तान पनि कोही कालो, कोही सेतो हुन्छन् । तर किन मानिस कोही कालो त कोही गोरो हुन्छ ?

वैज्ञानिकका अनुसार, मानिसको छालाको रंग फरक फरक हुनुमा शरीरको छालामा भइरहने विभिन्न रासायनिक प्रक्रियाहरु नै हुन् । छालामा क्रोमोजिन नामक तत्व अरु रसायनसँग मिल्दा यसले विशेष रंगको निर्माण गर्छ । यसले नै छालाको रंग निर्माण गर्दछ । यदी कुनै मानिसमा यो तत्व छैन भने छालाको रंग अति नै सेतो हुने गर्दछ ।

मानिसको छालाको वास्तविक रंग क्रिम जस्तो सेतो हुन्छ । तर क्रोमोजिनले यो फरक पर्न जान्छ । यसको कारण छालामा रहेको मेलानिन नामक तत्व पनि कारक हो । मानिस कालो होस् या गोरो होस्, उसको शरीरमा अनिवार्य रुपमा त्यो मेलानिन हुन्छ ।

मेलानिन पनि मूलतः दुई थरिका हुन्छन् । यसमध्ये पहिलो प्रकार फियोमेलानिन हो जो रातोदेखि पहेलो रंगको हुन्छ । दोस्रो इयुमेलानिन हो जो गाढा कलेजीदेखि कालो हुन्छ । र गोरो छाला हुने मानिसमा फियोमेलानिन सक्रिय हुन्छ । मेलानिनको संख्या र आकारको उपस्थितिले मानिसको रंगमा भुमिका खेल्दछ ।

सूर्यबाट पराबैजनी किरण पृथ्वीसम्म आउने भएकाले गर्मी महिनामा घाममा बस्दा छाला कालो हुन्छ । यस अलावा पृथ्वीको भू–मध्य रेखामा सूर्यको प्रकाश धेरै पर्दछ । त्यही भएर त्यहाँका मानिसहरुको छालामा मेलानिन धेरै मात्रामा पाइन्छ । उनीहरु अन्य ठाँउका मानिसहरु भन्दा काला हुन्छन् ।

प्रकाशित मिति २०७८ असोज २८ गते बिहिबार ०३:४२
प्रतिक्रिया दिनुहोस