Untitled

no-image

सञ्चार बाणी

@SancharBani

२०७७ कार्तिक २८ गते शुक्रबार ०५:१४

काठमाडौं। तपाईले हरियो रंगको कुकुर देख्नु भएको छ ? यो सुन्दा अचम्म लाग्न सक्छ यो स्वभाविक पनि हो । तर अचम्म नमान्नुहोस् इटालीमा हरियो रंगको कुकुरको जन्म भएको छ । कृषक क्रिस्टियन मालोस्सीले पालेको स्पेलाच्चियो नामक पोथीले जन्माएका...

काठमाडौं। तपाईले हरियो रंगको कुकुर देख्नु भएको छ ? यो सुन्दा अचम्म लाग्न सक्छ यो स्वभाविक पनि हो । तर अचम्म नमान्नुहोस् इटालीमा हरियो रंगको कुकुरको जन्म भएको छ ।

कृषक क्रिस्टियन मालोस्सीले पालेको स्पेलाच्चियो नामक पोथीले जन्माएका पाँच छाउरामध्ये एउटा हरियो रंगको छ । भूमध्यसागरस्थित सार्डिनिया टापुमा जन्मिएको छाउराको नाम पिस्टाचियो राखिएको छ ।

पाँच छाउराछाउरीमध्ये पिस्टाचियोको रौं मात्र हरियो छ । अरुको आफ्नो माउको जस्तै सेतो छ । गर्भमा हुँदा बिलिभर्डिन नामक हरियो रंगका कारण हरियो भएको अनुमान गरिएको छ । बिस्तारै रंग उढ्न थालेको र पछि यो क्रम कायम रहने बताइएको छ । कृषक मालोस्सीले भने पिस्टाचियो मात्र आफूले पाल्ने र अरू मानिसलाई पाल्न दिने निर्णय गरेका छन्। एजेन्सी

प्रकाशित मिति २०७७ कार्तिक २८ गते शुक्रबार ०५:१४
प्रतिक्रिया दिनुहोस